गठबन्धनमा सहमतिपछि माओवादीले पठायो विशेष सर्कुलर

सत्ता गठबन्धनमा चुनावी तालमेलको मापदण्ड र आधार तय भएपछि नेकपा माओवादी केन्द्रले पार्टी पंक्तिमा विशेष सर्कुलर पठाएको छ ।  पार्टी अध्यक्ष प्रचण्डले बुधबार पार्टी पंक्तिमा विशेष सर्कुलर जारी गरेको एक नेताले रातोपाटीलाई जानकारी दिए ।  ती नेताका अनुसार मंगलबार बालुवाटारमा भएको सहमतिपत्रसमेत संलग्न गरेर पार्टी पंक्तिमा सर्कुलर भएको छ । जुन सहमति तथा निर्णय कार्यान्वयन गर्न तथा गराउन प्रचण्डले निर्देशन दिएका छन् । पाँच दलीय गठबन्धनका बीच सीट बाँडफाँड देहाय बमोजिमको संयन्त्रले गर्ने भनिए