पार्टी आधिकारिकताको टुंगो लागेपछि मात्रै जसपाको उपेन्द्र पक्ष सरकारमा जाने

निर्वाचन आयोगमा पार्टी आधिकारिकताको टुंगो नलागेको कारण जसपाको उपेन्द्र यादव पक्ष पहिलो चरणमा सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।  जसपाको पार्टी कार्यालय बालकुमारीमा कार्यकारिणी समितिको अनौपचारिक बैठकबाट शेरबहादुर देउवाको सरकारमा सहभागी हुने निर्णय गरिए पनि तत्कालका केही समस्या समाधान नहुन्जेलसम्म सरकारमा नजाने निर्णय गरिएको हो ।  प्रतिनिधि सभा सदस्य समेत रहेका कार्यकारिणी सदस्य महेन्द्र राय यादवले पार्टीको दल आधिकारिकताको विवाद साउन ३ गतेपछि टुंगो लाग्ने हुनाले त्यसपछि मात्रै सरकारमा सहभागी हुने बता...