म ‘मेड इन’ कहाँको ?

जब म मेरो पहिचानका लागि सरकारको ढोका चहार्न पुगें र सरकारले मलाई मेरो पहिचान दिन इन्कार गर्‍यो, त्यो बेलादेखि मेरो मथिङ्गलमा यो प्रश्न लगातार नाच्दैछ – मेरो पहिचान मलाई जन्म दिने आमाको नामबाट हुने हो कि कर्म पनि दिन नसक्ने बुवाको नामबाट ?  प्रश्न सामान्य हो तर अनुत्तरित । मेरो पहिचान के हो ? मेरो भविष्य के हो ? किन मलाई यो देशले अरु बालबालिका जस्तो हक दिएको छैन ? किन मेरो आमालाई सम्मान छैन ? किन मेरो भविष्य र मेरो पहिचानका लागि ती कालाकोट लगाएका मान्छेहरू अदालतमा हाजिरीजवाफ खेल्दैछन् ? किन म नेपा...