लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले गणतन्त्रलाई कमजोर पार्ने तत्वलाई स्थानीय निर्वाचनमा जनताले पराजित गरेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आइतबार प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले दिगो शान्ति, सुशासन र समृद्धिका आकांक्षा पूरा गर्ने संकल्प गणतन्त्रले गरेको बताए ।उनले विगतमा राज्य व्यवस्थाले गरेको विभेदलाई अन्त्य गरी समता मुलक समाजका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । गणतन्त्र स्थापनाका लागि नेपालीहरुको महत्वपूर्ण त्याग, तपस्या र बलिदानबाट मात्रै सम