प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा फसेका नेपालीहरूलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित रूपमा हवाई तथा अन्य माध्यमबाट उद्दार गर्नका लागि तत्काल कूटनीतिक लगायत सबै उपाय अवलम्बन गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो ।
बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलसँग अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्थाबारे छलफल समेत भएको थियो ।
साथै बैठकले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको विवरण चुस्तदुरुस्त राख्न पनि...