काठमाण्डाै - शिक्षकहरूको आन्दोलनका कारण आज पनि काठमाण्डौमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । माइतीघर, बिजुलीबजार हुँदै बानेश्वरसम्म सडकमा गाडी सहजरुपमा चल्न सकेका छैनन् ।
जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ । यात्रुलाई समस्या भएको छ । शिक्षकहरुले आज दोस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । यो क्षेत्रमा हिजो पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो ।
आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक प्रतिनिधिबीच शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो । शिक्षक महासङ्घले विधेयक...