पूर्वक्रिकेटर म्याकगिलको अपहरण आरोपमा चारजना पक्राउ

एजेन्सी। अस्ट्रेलियाका पूर्वक्रिकेटर स्टुआर्ट म्याकगिललाई अपहरण गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। गत महिना म्याकगिल अपहरणमा परेपछि प्रहरीले छापा मारेर दुईजना पक्राउ गरेको थियो।अप्रिल १४ मा ५० वर्षीय म्याकगिलसँग तीनजनाले झगडा गरेको र त्यसपछि उनलाई अपहरण गरेको प्रहरीले बताएको छ। उनलाई एक गाडीमा बाँधेर सहरबाहिर लगिएको र निर्घात कुटिएको पनि प्रहरीको भनाइ छ।

सम्बन्धित सामग्री

अपहरण गरी चेकमार्फत फिरौती असुली, चारजना पक्राउ

काठमाडौंमा एक युवकको अपहरण गरी १३ लाख २० हजार फिरौती असुल गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अपहरणमा संलग्न माकलबारीका ४२ वर्षीय तेजमान तामाङ र २६...

ग्रीसमा नेपालीलाई अपहरण गरेर २१ लाखभन्दा बढी फिरौती लिने चारजना पक्राउ

काठमाडौं । ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ग्रिस तथा दुवईबाट वाट्सएपमार्फत पीडितका परिवारलाई सम्पर्क गरेर २१ लाख ७५ हजार नेपालमा फिरौती रकम लिने र घटनामा संलग्न व्यक्तिलाई विभिन्न मितिमा काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरुबाट फिरौती […]

अपहरण गरेको आरोपमा चारजना पक्राउ

मकवानपुर प्रहरीले आइतबार अपहरण गरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । हेटौंडा– ११ थानाभर्‍याङ ४० वर्षीय जितेन्द्र विश्वकर्मालाई अपहरण गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको हो ।

अपहरण गरेको आरोपमा चार जना पक्राउ

अपहरण गरेको आरोपमा मकवानपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ। हेटौंडा–११ का एक व्यक्तिलाई अपहरण गरेको आरोपमा प्रहरीले आइतबार चार जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव...

काठमाडौंमै चिनियाँ नागरिकको अपहरण

होटेलबाट अपहरित दुई चिनियाँ नागरिकको पाँच दिनपछि सकुसल उद्धार, अपहरणमा संलग्न चारजना पक्राउ काठमाडौंको एक

अपहरण मुद्दामा दुई चिनियाँ सहित चारजना पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दामा प्रहरीले दुई चिनियाँ नागरिक सहित विहीवार चारजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार, तिलगंगास्थित होटल आनन्दमा बस्दै आएका दुई चिनियाँ नागरिकको अपहरण तथा शरीर बन्धक मुद्धामा दुई चिनियाँ ठमेल र दुई नेपाली सिन्धुपाल्चोकबाट गरी चारजना पक्राउ परेका हुन । पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक लिउ विपिङ्ग, लि जियाओनिङ्ग, सिन्धुपाल्चोकका दावा पासाङ लामा र साइला भन्ने भक्ते लामा रहेका छन् । उनीहरुले यही १९ गते काठमाडौँबाट अपहरण गरी सिन्धुपाल्चोक पु¥याएको जनाइएको छ ।

अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ

उदयपुर : बजारमा औषधि किन्न गएकी महिलालाई जर्वजस्ती अपहरण गरी स्कारपियोमा चढाएर सामूहिक बलात्कार गरेको आरोपमा चार युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमबार पत्रकार भेटघाट गरी सामूहिक बलात्कार गरेको अरोपमा पक्राउ परेकालाई सार्वजानिक गरेको हो। सिरहाको लाहान-उदयपुरको गाइघाट सडक खण्डबाट सामूहिक बला...