सन नेपाल लाइफको आईपीओ डिम्याट खातामा आयो

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएको छ । एसएनएलआई संकेतबाट कम्पनीको शेयर डिम्याट खातामा देखिएको हो ।  कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणमा आईपीओ निस्कासन गरेको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो । कम्पनी नेप्सेमा सूचीकृत भएपछि यसको शेयर दोस्रो बजारमा कारोबारमा आउने छ ।