रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापना गर्न माग
परम्परागत ज्ञान, शिल्पकला र संस्कृतिहरूको जगेर्ना र पुस्तान्तरणका लागि अधिकारकर्मीहरूले ‘रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय’ स्थापना गर्नुपर्ने माग गरेका छन् ।
रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापनाका लागि १० सदस्यीय तयारी समिति गठन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि गठित तयारी समिति र त्यससम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदनअनुसार विश्वविद्यालय स्थापनाको तयारीका लागि बनेको कार्यदललाई विस्तार गरेको हो । त्यहीअनुसार गत २० चैतमा पर्यटनमन्त्री सुदन किराँतीले अध्ययन कार्यदल गठन गरी विश्वविद्यालय स्थापनाको औचित्यमाथि अध्ययन गराएका थिए ।
२९ जेठ, काठमाडौं । रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापना अध्ययन समितिले प्रतिवेदन बुझाएको छ । समितिले ४५ दिन अध्ययन, अनुसन्धन गरी प्रतिवेदन तयार गरेको हो ।
प्रतिवेदनमा रैथानेको परिभाषा, विभिन्न जातिका सीप, कला संस्कृतिलाई चिनाइको …