संखुवासभाको कोसेली : गुरुङसेनी दिदीले बुनेको राडी

विराटनगर : भौगोलिक विविधताले भरिपूर्ण संखुवासभा जिल्लामा जातजाति पनि उत्तिकै मिश्रित छन्। व्यावसायिक हिसाबले यहाँ स्थानीय स्तरमा उत्पादन हुने सक्खर, सभा खोलामा पाइने असला माछाको सुकुटी प्रख्यात छ। माछाको सुकुटी त देश, विदेश समेत निर्यात हुन्छ। योसँगै गुरुङसेनी दिदीले हातले बुनेको राडी (भेडाको ऊनबाट निर्माण भएको सामान) संखुवासभाको पहिचानको रूपमा लिइन्छ।संखुवासभामा पाइने सबै बस्तु स्थानीय बजारमै विक्री हुने गर्दछ। शनिबार लाग्ने हाट बजार नै स्थानीय व्यापारीको आर्थिक स्रोतको माध्यम हो। त्यही शनिवारे