बुटवल : तिनाउ नदीमा एक पुरुषको शव फेला परेको छ।
बुटवल उपमहानगरपालिका-११ सिर्जनानगर र प्रगतिनगरको बिचमा अन्दाजी ५०/५५ वर्षका पुरुषको शव फेला परेको बुटवल-११ का वडा सदस्य नकुल शाहीले जानकारी दिए।
स्थानीयले तिनाउ नदीमा मान्छे बगेर आएको देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए। शवको पहिचान हुन सकेको छैन।