मुक्त हलियाले कार्ड पाए, जमिन पाएनन्

धनगढी– सुदूरपश्चिम प्रदेशका मुक्त हलिया परिवारहरुले हलिया मुक्तिको कार्ड पाए पनि जमिन नपाएको गुनासो गरेका छन्। राष्ट्रिय मुक्त हलिया समाज महासंघ केन्द्रीय कार्यालय डडेल्धुराले १३ औं हलिया मुक्ति दिवसको पूर्वसन्ध्यामा आइतबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा हलिया मुक्त परिवारले जग्गा नपाएको गुनासो गरेका हुन्। कञ्चनपुरको पुनर्वास नगरपालिका ११ बस्दै आएका यदुराम सार्कीले हलिया मुक्त भएको परिचय […]