राप्रपा लुम्बिनी उपाध्यक्ष खरेलको निधन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का लुम्बिनी प्रदेश उपाध्यक्ष खेमराज खरेलको निधन भएको छ। फोक्सोको क्यान्सरबाट पीडित ६२ वर्षीय खरेलको आज बिहान निधन भएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। फोक्सोको क्यान्सरबाट पीडित उनको आज बिहान आफ्नै घर नवलपरासीमा निधन भएको श्रेष्ठले बताए।