सर्लाहीको कौडेना गाउँपालिका तनाव ग्रस्त भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।कौडेना गाउँपालिका वडा नम्बर ४ मोतिपुरमा शुक्रबार नेपाली काँग्रेसले अन्य दलका मतदातालाई भगाएर एक पक्षियरुपमा मतदान गरेको भन्दै त्यसलाई बदर गर्नुपर्ने माग गर्दै आएका छन् । यसै विषयमा भएको विवादमा गाउँपालिकामा राखिएको मतपेटिका स्थलमा ढुगामुडा भएपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो ।