मेक्सिकोमा ओभरपास भत्किँदा २० जनाको मृत्यु

२१ वैशाख, काठमाडौं । मेक्सिकोको राजधानी सहर मेक्सिको सिटीमा मेट्रो रेल चल्ने ओभरपास भत्किदा कम्तीमा २० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार मेट्रो रेल चलिरहेको अवस्थामा ओभरपास भत्किएको थियो । ओभरपास भत्किँदा सडकमा गुडिरहेको कम्तीमा एउटा कार पनि थिचिएको अधिकारीहरुले बताएका छन् । अधिकारीहरुले हाल उद्धार कार्य जारी रहेको बताएका छन् । […]