सबैभन्दा बढी कर तिर्ने उद्यमी सौरभ ज्योति सम्मानित

उद्यमी सौरभ ज्योति काठमाडौं महानगरपालिकाबाट यस वर्षको कम्पनी तथा व्यक्तिगत तर्फ सबैभन्दा धेरै कर तिरेकोमा सम्मानित भएका छन् ।  महानगरले २७ औं महानगर दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रममा उद्योगी ज्योतिलाई सम्मानित गरेको हो । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले उनलाई सम्मानपत्र दिएका थिए ।