विराटनगर : निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङको चुनावी सरगर्मी उत्तिकै बढ्दै गएको छ।यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता रिझाउन कोही खेतैमा पुगेका छन् भने कोही आफैँ रिक्सा चलाउँदै घरदैलो गर्दै छन्। कतै आफूहरूले जिताएर पठाएका प्रतिनिधिले भने जस्तो विकास नगरेको भन्दै पुरानो अनुहारलाई भोट नदिने भन्दै ब्यानर टाँगेर मौन विद्रोह जनाइरहेका छन्।६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा पूर्वमन्त्रीदेखि कलाकारसम्मले उम्मेदवारी दिएका छन्।कुन क्षेत्रमा कसको उम्मेदवारी ?क्षेत्र-१ : लिम