सोलु खोलामा अवैध उत्खनन तीव्र, नियमनकारी निकाय मौन

सोलुखुम्बु – सोलुखुम्बुको सोलु खोला ढुङ्गा, गिटी उत्खनन गर्ने थलो बनेको छ । केही समययता सोलुदुधकुण्ड नगरपालिका ४ र ५ क्षेत्रको सोलु खोला अवैधरूपमा ढुङ्गा, गिटी उत्खनन गर्ने थलाे बनेको हो । अहिले सोलु खोलाको बीच भागबाटै डोजर प्रयोग गरी धमाधम ढुङ्गा उत्खनन भइरहेको स्थानीयले बताएका छन् । खोला नै सुकाएर बीचबाट निकालिएको नदीजन्य पदार्थहरू गाडीका गाडी निकासी भइरहेको स्थानीय बताउँछन् । नाम नखुलाउने सर्तमा एक स्थानीयले भने, ‘सोलु खोला अहिले ढुङ्गा, गिटी उत्खनन गर्ने थलो बनेको...