'गठबन्धनको अपेक्षाअनुसार परिणाम आउने देखिएन'

सत्ता घटक पाँच दलबीचको गठबन्धनले अपेक्षा गरिएअनुसार नतिजा आउने नदेखिए पनि कांग्रेसको हकमा पहिलो पार्टी बन्ने अवसर भएको नेताहरूले बताएका छन् । यसमा गठबन्धनको निर्णयमुताबिक ‘मत ट्रान्सफर’ नहुनु मात्रै कारण नभएको नेताहरूको बुझाइ छ । कार्यकर्ता पंक्तिमा गठबन्धनको निर्णयले उत्पन्न गराएको आक्रोश, जनचाहनाविपरीत सरकारका निर्णय र उम्मेदवार चयनमा नेतृत्वको असावधानी मुख्य जिम्मेवार भएको कांग्रेस नेताहरूको ठम्याइ छ ।