जुम्ला : जुम्लासहित कर्णाली प्रदेशका सबै जिल्लालाई हवाई सेवामा जोड्न माग गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई ज्ञापन पत्र बुझाइएको छ।जिल्ला समन्वय समितिका जुम्लाका प्रमुख गौरीनन्द आचार्यले कर्णाली प्रदेशको राजधानीसँग हवाई सेवा जोड्न माग गर्दै मुख्यमन्त्री शर्मालाई ज्ञापन पत्र बुझाइएको बताए।लामो समयदेखि भौगोलिक विकटताले पछाडि परेको साविकको कर्णाली अञ्चललगायत कर्णाली प्रदेशका सबै जिल्लालाई विकासका सवै पक्षको दृष्टिकोणबाट राज्यको नजर न्यून परेकाले कम विकसित र मानव विकास सूचकांकमा प