विवरण दर्ता गराएर पनि के तपाईले राष्ट्रिय परिचयपत्र नम्बर पाउनु भएन् ? अब घरबाटै यसरी पाउनुहोस्

राष्ट्रिय परिचयपत्र नम्बर अब एसएमएसबाटै पाइने भएको छ । यसअघि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका तर राष्ट्रिय परिचयपत्र नम्बर नपाएका सेवाग्राहीले एसएमएसबाटै नम्बर पाउने भएका हुन् ।  यसका लागि आफ्नो म्यासेज बक्समा गई N लेखेर एक स्पेश दिने र १६ नम्बरको आवेदन नम्बर टाइप गरी ३०००१ मा म्यासेज पठाउनु पर्ने हुन्छ ।  म्यासेज गरेपश्चात पनि राष्ट्रिय परिचयपत्र नम्बर...

सम्बन्धित सामग्री

विद्युतीय राहदानी के हो ? कसरी लिने ? के छन् विशेषता ?

list_icon.jpg'); line-height: 30px; color: rgb(51, 51, 51); font-size: 14px;'>विद्युतीय राहदानी के हो ? हालको राहदानीमा भएका कुराहरुको अतिरिक्त विद्युतीय राहदानी (e-Passport) मा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ । चिपमा औठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु हुन्छन् । यी विवरणहरु राखेर चिप लक गरीसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन । यो हालसम्म संसारमा विभिन्न मुलुकहरुमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ । ICAO PKD मार्फत सुचनाहरु रुजु हुने हुँदा विभिन्न मुलुकका अध्यागमन कार्यालयहरुमा निकै सहज र छिटो हुन्छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वत: खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।list_icon.jpg'); line-height: 30px; color: rgb(51, 51, 51); font-size: 14px;'>विद्युतीय राहदानीका विशेषताहरु के छन् ? नेपालले जारी गर्न लागेको पोलिकार्बोनेट सहितको विद्युतीय राहदानी हो । पोलिकार्बोनेट सहितको डाटापेजमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ जुन आँखाले सहजै देख्न सकिदैन । यो तेश्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हो । साधारण राहदानीको रङ्ग चकलेटी खैरो हुन्छ । साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी छन् । अब जारी हुने राहदानीहरु कुटनीतिक, विशेष, सर्भिस, अस्थायी, साधारण (३४ र ६६ पृष्ट), सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका हुने छन् । सिम्यान्स अभिलेख किताब जारी गर्नको लागि भने आन्तरिक तयारीको कारणले केही बढी समय लाग्ने छ ।list_icon.jpg'); line-height: 30px; color: rgb(51, 51, 51); font-size: 14px;'>म्याद भएको मेशिन रिडेबल राहदानी भएकाहरुको हकमा के हुन्छ ? हालको मेशिन रिडेबल राहदानीको म्याद भएसम्म विद्युतीय राहदानी बनाउनु पर्दैन । त्यसैले काम गर्छ ।list_icon.jpg'); line-height: 30px; color: rgb(51, 51, 51); font-size: 14px;'>म्याद सकिएका मेशिन रिडेबल राहदानी नवीकरण गर्नु पर्छ कि पर्दैन? राहदानी नवीकरण भन्दा पनि नयाँ नै बनाउने हो । बनाएर घरमा राख्नको लागि राहदानी बनाउनु पर्दैन । जहिले आवश्यक पऱ्यो त्यही बेला बनाउन सकिन्छ । यो चालकअनुमति पत्र जस्तै नवीकरण गर्न पर्दैन र कुनै थप दस्तुर पनि लाग्दैन । ICAO ले यो मितिदेखि मेशिन रिडेबल राहदानी चल्दैन भनेर हालसम्म भनेको छैन ।list_icon.jpg'); line-height: 30px; color: rgb(51, 51, 51); font-size: 14px;'>विद्युतीय राहदानी जारी भए पछि उपलब्ध हुने अरु सुविधाहरु के के छन् ? विदेशस्थित कुटनीतिक नियोग र जिल्ला प्रशासन कार्यालयहरुले रुजु गर्ने लाइभ इन्रोलमेन्ट गर्ने र भेलिडेट गर्ने कार्य गरी सकेपछि राहदानी विभागबाट राहदानी उत्पादन हुन्छ । मेशिन रिडेबल राहदानीको जस्तै भौतिकरुपमा फर्म भरेर तस्विर टासेर पठाउनु पर्दैन । यसले गर्दा हाल लाग्ने गरेको समय भन्दा कम्तिमा पनि आधा समयमा नै विदेशस्थित कुटनीतिक नियोगहरु र जिल्ला प्रशासन कार्यालयहरुले राहदानी प्राप्त गर्न सक्छन । मेशिन रिडेबल राहदानीको लागि आइसिआर फर्म स्क्यान गर्दा धेरै त्रुटीहुने सम्भावना हुन्छ । तर विद्युतीय राहदानीमा डिजिटल रुपमा फर्म भर्नु पर्ने हुनाले त्रुटी हुने सम्भावना पनि कम हुन्छ । समय बुक गरेर र घरबाटै दस्तुर तिरेर आउन सकिने हुँदा धेरै छरितो र लाइन बस्नुपर्ने हुँदैन । विश्वमा हाल चलेको सबै भन्दा सुरक्षित र भरपर्दो राहदानी हुनाले विश्वासयोग्य हुनुको साथै विदेश यात्रामा सहजता हुन्छ । विद्युतीय गेटहरुमा पनि आफै स्क्यान गरेर जान सकिने सक्छ । लाइभ इन्रोलमेन्ट गर्नु पर्ने हुनाले एमआरपी जस्तै तस्विरहरु नमिलेर दु:ख पाउनु पर्ने पनि हुँदैन ।list_icon.jpg'); line-height: 30px; color: rgb(51, 51, 51); font-size: 14px;'>राष्ट्रियपरिचयपत्र वा त्यसको नम्बर कसरी लिने? साथै हाललाई नेपालबाट विद्युतीय राहदानी बनाउनेहरुको हकमा राष्ट्रिय परिचय पत्र वा सो को नम्बर आवश्यक पर्ने हुनाले यथासमयमा नै जिल्ला प्रशासन कार्यालयहरुमा राष्ट्रिय परिचयपत्रको लागि निवेदन दिई राष्ट्रिय परिचय पत्र वा नम्बर लिइ राख्नु हुन अनुरोध छ । राष्ट्रिय परिचपपत्र पाउन समय लागे पनि त्यसको नम्बर भने तुरुन्त पाउन सकिने हुनाले कुनै समस्या हुँदैन । लामो समयको लागि विदेश जानेहरुले पनि राष्ट्रिय परिचयपत्र लिनु हुन वा सो सम्भव नभएमा निवेदन दिएर राष्ट्रिय परिचयपत्रको परिचय नम्बर लिनु हुन अनुरोध छ ।list_icon.jpg'); line-height: 30px; font-size: 14px;'>विद्युतीय राहदानीको लागि कसरी निवेदन दिने ? निकट भविष्यमा राहदानी विभागले वेभसाइटमा विद्युतीय राहदानीको लागि बुकिङ्ग खुला गर्ने छ । यसको लागि अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । जसले छिटो फर्म भरेर बुकिङ्ग गऱ्यो उसको पालो पहिले आउँछ । यसमा सोर्सफोर्स भनसुन केही चल्दैन । विभागको वेभसाइटको विद्युतीय राहदानीको लागि निवेदन भन्ने बटम थिंची प्रिइन्रोलमेन्ट पोर्टल मार्फत फाराम भरी तोकिएका सक्कल कागजात डाउनलोड गर्नु पर्दछ । आफूले बुक गरेको मिति र समयमा त्रिपुरेश्वरस्थित राहदानी विभाग वा तोकिएका जिल्ला प्रशासन कार्यालयहरु र विदेशस्थित नियोगमा जानु पर्दछ ।मिति र समय बुक नगरी जानेहरुको हकमा निवेदन लिन सकिने छैन । फाराम भर्दा जन्म मिति, नाम आदि विवरण दोहोराई तेहेराई हेरेर कुनै गल्ती नगर्नु हुन अनुरोध छ । आफूले गलत विवरण राखेर फाराम भरेमा र राहदानी पुन: बनाउनु परेमा राहदानी नियमावलीअनुसार थप दस्तुर लाग्ने हुन्छ । अत: फाराम भर्ने भराउने कार्य गर्दा विशेष साबधानी अपनाउनु हुन अनुरोध छ ।list_icon.jpg'); line-height: 30px; color: rgb(51, 51, 51); font-size: 14px;'>विद्युतीय राहदानी लिन समय नपाएमा हालको मेशिन रिडेबल राहदानी लिन सकिन्छ कि? अन्तरिम समयमा विद्युतीय राहदानीको धेरै माग भएमा र बुकिङ्गको समय लिन नसकिएको अवस्थामा यदि विदेश जान अत्यावश्यक पऱ्यो भने कारण र प्रमाण सहित आएमा मात्र हालको मेशिन रिडेबल राहदानी लिन सकिन्छ ।list_icon.jpg'); line-height: 30px; color: rgb(51, 51, 51); font-size: 14px;'>विद्युतीय र मेशिन रिडेबल राहदानीको दस्तुर के कति छ? विद्युतीय र मेशिन रिडेबल राहदानीहरुको दस्तुर एउटै छ । तर ६६ पृष्ठको साधारण राहदानीको दस्तुर भने फरक छ । विभागमा पहिले १ दिने २ दिने र ३ दिने सेवा भएकोमा हाल संशोधित राहदानी नियमावली अनुसार दुई कार्य दिन भित्र जारी हुने गरी एउटै दु्रत सेवा कायम गरिएको छ । दुई दिनमा लाग्ने गरेको साबिककै बाह्र हजार दस्तुर तोकिएको छ । जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन दिंदा ३४ पृष्ठको राहदानीको लागि साविककै पाँच हजार र ६६ पृष्ठको लागि दश हजार राजस्व लाग्छ । विभागमा ६६ पृष्ठको राहदानीको लागि निवेदन दिंदा बीस हजार राजस्व लाग्छ । विदेशस्थित कुटनीतिक नियोगहरुमा छुट्टै दस्तुर तोकिएको छ ।