सुर्खेत । सुर्खेत जिल्ला प्रशासन कार्यालयमा लघुवित्त संस्थाहरूको ज्यादतीविरुद्ध पीडितहरुले प्रदर्शन तथा धर्ना दिएका छन् । लघुवित्त संस्थाविरुद्धको सङ्घर्ष समितिले प्रशासनमा र्यालीसहित विरोध प्रदर्शन तथा धर्ना दिएको हो । पीडितहरुले नवसामन्तीको रूपमा स्थापित लघुवित्त संस्थाहरु खारेज गर, लघुवित्त संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित […]