एजेन्सी – स्पेन तथा क्याटलान क्लब बार्सिलोनाका भेट्रान डिफेन्डर जेरार्ड पिकेले फुटबलबाट तत्कालै सन्न्यास लिने घोषणा गरेका छन् । बार्सिलोना र अल्मेरियाबीच शनिबार क्याम्प नोउमा हुने खेलपछि पिकेले फुटबलबाट तत्काल सन्यास लिने घोषणा गरेका हुन् । ‘नोउ क्याम्पमा अल्मेरियाविरुद्धको खेल नै मेरो व्यवसायिक खेल करिअरको अन्तिम खेल हुनेछ,’ पिकेले सामाजिक सन्जालमा लेखेका छन् । ‘पछिल्ला […]