काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा जिम्मेवारी मधु मरासिनीलाई दिएको छ । अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । अर्थ सचिव शिशिर ढुंगानालाई भने प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । स्रोतका अनुसार यसअघिका अर्थसचिव ढुंगानाले सरुवाको पत्र समेत बुझिसकेका छन् ।
The post अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.