आगामी वर्षको बजेटमा यस्ता छन् पूर्वाधार विकासका योजना

सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ प्रविधिमा आधारित सुरुङमार्ग निर्माणलाई तिव्रता दिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गर्दै देशभर सुरूङ मार्ग निर्माणलाई जोड दिने भएको हो ।अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभामा विनियोजन विधेयक पेस गर्नेक्रममा सुरुङमार्ग निर्माणको क्रमलाई तिव्रता दिइने जानकारी दिए । यस्तै उनले राष्ट्रिय गौरवका आयोजना र रुपान्तरणकारी आयोजनाको निर्माण तोकिएको समयभित्रै गर्ने योजना बजेटले लिने समेत जानकारी दिए ।यसैगरी, आगामी आर्थिक वर्षमा प्रमुख राजमार्ग