बारा/पर्सा औद्योगिक करिडोरमा दैनिक अघोषित रुपमा १२ देखि १६ घन्टा लोडसेडिङ भएको उद्योगीहरुको गुनासो छ । दुई सातादेखि बिना जानकारी साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म पटकपटक विद्युत कटौती भएको उनीहरुले जनाएका छन् ।शालिमार सिमेन्टका व्यवस्थापक गिरीधारी अग्रवालले लगातार १६ घन्टा लोडसेडिङ्ग हुँदा उत्पादन ५० प्रतिशतले घटेको जनाए । ‘बजारमा डिजल पनि सर्टेज छ, डिजलले चलाउनुप-यो भने पनि सम्भव छैन, ५० प्रतिशत उत्पादन लागत बढ्छ,’ अग्रवालले भने । विद्युतको तुलनामा डिजलबाट उत्पादन गर्दा प्रतिबोरा