इजरायलबाट उद्धार गर्नेमा नेपाल अग्रपंक्तिमा

काठमाडौं । विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ् ना नागरिकलाई उद्धार गर्न अलमलिरहेका बेला नेपालले भने जनताको मन जित्नेगरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ । जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सलगायतका मुलुकले ठोस निर्णय गर्न नसकेकै बेला नेपालले पहिलो लट उद्धार गरेको हो । सिधा हवाई सेवा भएका मुलुक पनि […] The post इजरायलबाट उद्धार गर्नेमा नेपाल अग्रपंक्तिमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कुनै घटना हुन्छ आफै खटनु हुन्छ, सयौंको उद्धार

हिमाली जिल्ला म्याग्दीको उत्तरी भेक अनि हिमालपारीको जिल्ला मुस्ताङमा अनेकन प्राकृति विपत्ती दुघर्टना हुन्छ । ती प्राय सबै अप्ठेरो परिस्थितिमा साथ पुग्ने नाम हो इन्द्रसिंह शेरचन । बाढी पहिरो तथा अन्य बिपद्का घटना भए अग्रपंक्तिमा पुग्न उहाँलाई कसैले पठाउन पर्दैन । उहाँ जानकारी पाउँदासाथ सुरक्षा निकायलाई जानकारी दिनुहुन्छ र तुरुन्तै उद्धारमा खट्ने उहाँको कुनै वेतनभोगी कर्मचारी भने हैन ।

कोकाकोलाद्वारा ‘धन्यवाद’ अभियान शुरू

काठमाडौं (अस) । कोका–कोलाले कोभिड महामारीका बेला अग्रपंक्तिमा रहनेहरूप्रति कृतज्ञता व्यक्त गर्न ‘धन्यवाद’ अभियान शुरू गरेको छ । उक्त अभियानको मुख्य आशय महामारीको कठिन समयमा सहयात्रीका रूपमा उपभोक्तालाई कोकको बोटलमार्फत धन्यवाद ज्ञापन गर्नु रहेको कम्पनीले बताएको छ । ‘प्रहरी र थुप्रै गैरसरकारी संस्थाले नेपालमा कोभिड–१९ विरुद्धको लडाइँमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । दशैं अभियानको एक हिस्साको रूपमा कोका–कोलाले स्वास्थ्य सेवा क्षेत्र, ट्राफिक जस्ता विभिन्न क्षेत्रका अग्रणीहरूलाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन शुरू गरेको छ,’ कम्पनीद्वारा आइतवार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसको मुख्य उद्देश्य फ्रन्टलाइनरहरूलाई उनीहरूले प्रदान गरेको समर्पण र समुदायका लागि दिएको सेवाका लागि धन्यवाद  व्यक्त गर्नु हो ।’ सो अभियान अन्तर्गत नयाँ ‘धन्यवाद’ लेबल गरिएको कोकका बोतलहरूमा कोभिडका बेला अग्रपंक्तिमा खटिनेहरूको नाम अंकित गरिएको बताइएको छ । पहिलो एक्टिभेसन चारओटा गैर–सरकारी संस्थामा सफलतापूर्वक आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ, जसअनुसार महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र, देशका युवाहरूको नेतृत्वमा रहेको हामी नेपाल, जनावरलाई उद्धार र वासस्थान प्रदान गर्ने स्नेह केयर र हर्टबिट यसमा रहेका थिए । आगामी दिनमा कोकाकोलाले देशको अग्रणी नायकप्रति आभार प्रकट गर्न अस्पताल र ट्राफिक प्रहरीसहित धेरै संगठनको भ्रमण गर्ने बताइएको छ ।

सबैकी आमा देउराली साइँली

आज ती आमाका छोराहरू बर्दीधारी छन् । छोराको फोटो देखाउँदै यी मेरा छोरा राष्ट्रसेवक भएर अहोरात्र खटिरहेका छन् भनी उत्तर दिने गरेकी छिन् रे। यी छोराहरूमा मेचीको पुल, सुस्ताको फाँट, कालापानीको पाखामा पसिना बगाई पाइला टेकेका छन्। जनताका लागि दैनिक पैदल गस्ती गर्छन् । सगरमाथाको हिउँमा उद्धार गर्छन्, बाढी, पहिरो महामारी, भूकम्प जस्ता कार्यमा अग्रपंक्तिमा काम गर्छन्।