सुदूरपश्चिम राजधानी कप : ढिलो गरी सुरु भएको उद्घाटन खेल आधामै रोकियो

कैलाली - सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता कैलालीको धनगढीमा सुरु भएको छ । पीएफए स्पोर्ट्रस क्लबको आयोजनामा सुरु भएको खेलमा सात वटा प्रदेशको सहभागिता छ । धनगढी रङ्गशालामा हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको रातो टिम र कर्णाली प्रदेशले प्रतिस्पर्धा गरेका छन् । तर, उद्घाटन खेल ढिलो भएपछि आधामै रोकिएको छ । रात परेपछि स्थगित खेलको बाँकी १७ मिनेट आज खेलाइनेछ । खेल रोकिनु अघि दुवै टोलीले गोलरहित बराबरी खेलका छन् । आज हुने अर्को खेलमा मधेस प्रदेश र लुम्बिनी प्रद...