काठमाडौंमा पाएको तीन सिटमा माओवादीले महिलालाई अघि सार्यो : ओनसरी, मानुषी र कल्पना चुनाव लड्ने

काठमाडौं, २३ असोज । नेकपा (माओवादी केन्द्र) ले काठमाडौंमा पाएको-३ सिटमा महिलालाई उम्मेदवार बनाएको छ । काठमाडौं २ मा माओवादीले पूर्व सभामुख ओनसरी घर्तीमगर, काठमाडौं-७ मा मानुषी यमी भट्टराई र काठमाडौं-९ मा कल्पना धमला चुनाव लड्ने भएका छन् । पार्टीले तीनै जना महिला उम्मेदवार अघि सारेको छ। मानुषी भने नेपाल समाजवादी पार्टीकी नेतृ हुन् । […]