काठमाण्डौ – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नामिबियासँगको खेल जित्न नेपालले २ सय रनको लक्ष्य पाएको छ ।
स्कटल्यान्डमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनायो । उसका लागि गेर्हाड एरास्मसले सर्वाधिक ५७ र डेविड वाइजले ३४ रन बनाए ।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानले ४ विकेट लिए । यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २/२ तथा बासिर अहमदले १ विकेट लिए ।
यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको ...