धनगढी- कञ्चनपुर डेङ्गुको उच्च जोखिममा रहेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेङ्गु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो। गत साता दोधारा-चाँदनी नगरपालिकामा २० जनामा गरिएको परीक्षणमा चारमा डेङ्गु देखिएको थियो। दोधारा-चाँदनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराका अनुसार भारतबाट आएका चार जनामा डेङ्गु देखिएको हो। ‘तीन पुरुष र एक महिलामा डेङ्गु देखिएको छ’, […]