चट्याङ लागेर सङ्खुवासभामा हल गोरु मरे

सङ्खुवासभा – सङ्खुवासभाको पाँचखपन नगरपालिकामा चट्याङ लागेर एक हल गोरु मरेका छन् । गए राति चट्याङ लागेर पाँचखपन २ माथिल्लो स्याबुनका प्रविन लाखेकाे हल गाेरु मरेका हुन् ।  चट्याङले घरमा रहेको बिजुलीको मिटरबक्स र वाइरिङमा समेत क्षति पुर्‍याएकाे पाँचखपन २ का वडाध्यक्ष ओम श्रेष्ठले बताउनुभयो । चट्याङ लागेर गोठमा बाँधी राखेको हल गोरु मरेपछि वडा कार्यालय, स्थानीयवासीको उपस्थितिमा प्रहरीले मुचुल्का उठाएकाे थियाे ।  (चट्याङ लागेर मरेकाे गोरुको अवलोकन गदै वडाध्यक्ष र प्रहरी । तस्बिर नवीन गु...