काठमाडौँ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना कार्यान्वयन एकाई प्रमुख विनेश मुनकर्मीविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुनकर्मीविरुद्ध आज (मंगलबार) मुद्दा दायर गरेको हो। मुनकर्मीसँग अख्तियारले दुई करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ बिगो र सजाय माग दाबी लिइएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए। […]
१ पुस, काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउने गरी निर्वाचन आयोग तयारीमा जुटेको छ ।
मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो जानकारी दिनुभयो ।
विगतका निर्वाचनहरूमा …
काठमाडौँ। सशस्त्र प्रहरी बल (एपीएफ) का तीन अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरिएको छ। सरुवा अनुसार नारायणदत्त पौडेल मानवस्रोत विभाग, वंशीराज दाहाल सीमा सुरक्षा विभाग र गणेश ठाडामगर कार्य विभागको जिम्मेवारीमा खटाइएका छन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले तीन एआईजी सरुवा गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए। सरुवा संगठनको कार्यक्षमता सुदृढ बनाउने उद्देश्यले गरिएको जनाइएको छ। […]