काठमाण्डाै - प्रधानमन्त्रीकप राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।
धनगढीको फाप्ला मैदानमा प्रदेश-१ लाई सात विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो ।
प्रदेश-१ ले दिएको ६८ रनको लक्ष्य एपीएफले १४ ओभर दुई बलमा मात्रै तीन विकेट गुमाएर भेट्टायो ।
उसका लागि ज्योती पाण्डेले नटआउट ३६ रन बनाइन् । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश-१ ले कप्तान रुबिना क्षेत्रीको ३४ र अप्सरी वेगमको ११ रन मद्दतमा ६७ रन बनाएको थियो । उसका अरु कुनै खेलाडीले पनि दोहोरो अङ्कमा रन बनाउन ...