वाइड बडी र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे अख्तियारलाई लेखाको ताकेता, प्रगति विवरण माग गर्न पत्र लेख्ने निर्णय

काठमाडौं : दुई वर्षभन्दा बढी समयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधीन रहेको वाइड बडी खरिदको छानबिन प्रक्रियामा सार्वजनिक लेखा समितिले पुनः चासो राखेको छ। खरिद प्रक्रियाको अनुसन्धानको लामो समय बिते पनि कुनै परिणाम नदेखिएको भन्दै समितिले अख्तियारसँग प्रगति विवरण माग गर्ने निर्णय गरेको हो। समितिले प्रारम्भिक छानबिनमा खरिद प्रक्रिया