मेयर कप भेट्रान : खुमलटार र हेटौंडाको विजयी सुरुआत

मेयर कप भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा एफई खुमलटार र विजय युथ क्लब हेटौंडा भेट्रानले जित निकालेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दिनको पहिलो खेलमा खुमलटारले ललितपुर वडा नम्बर १४ लाई पराजित गर्दा अर्को खेलमा विजय युथ हेटौंडाले काभ्रे भेट्रान क्लबलाई हराएको हो ।