चितवन : गत वर्षको बर्खामा शान्त रहेको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष भने पहिरोले विभिन्न ठाउँमा क्षतिग्रस्त भएको छ। असार १७ गते बिहानदेखि सडकखण्डको विभिन्न स्थानमा लगातार पहिरो गइरहेको छ। जसका कारण सडक अहिले पनि अवरुद्ध छ।एक ठाउँको पहिरो पन्छाएर भ्याउन नपाउँदै अर्काे ठाउँमा पहिरो गइरहेकोछ। पहिरो पन्छाएर सडक सञ्चालन गर्न सडकका अधिकारी र प्रहरीहरु शुक्रबार दिनभर खटिँदा पनि सफल हुन सकेनन्। शुक्रबार साँझ सेती दोभान, चार किलो र घुमाउनेमा ठूलो पहिरो गएपछि लामो जाममा परेका यात्रुहरु रातभरबीच बा