-काठमाडौंमा आइतबारबाट सुरु भएको नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन सत्रमा गायक तथा संगीतकार चेतन सापकोटाले गीतमार्फत आफ्नो प्रस्तुति दिए । उनले ‘गणतन्त्र ल्याउने माओवादी हो, राजतन्त्र ढाल्ने माओवादी हो...’...
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ । माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत प्रचण्डले सोमबार ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमाथि २५ वटा समूहमा मंगलबारदेखि छलफल सुरु भएको हो । […]
माओवादी केन्द्रको आठौँ महाधिवेशन स्थल कमलादीस्थित प्रज्ञा भवनको दोस्रो तला । जहाँ टाँगिएका मध्येको एउटा चित्रले धेरैको नजर तान्यो । चित्रमा प्रचण्ड ट्याक्टर चलाइरहेका छन् । चित्रमा प्रचण्डलाई ट्रयाक्टर ड्राइभर बनाइदिने चित्रकार हुन् केशवराज खनाल । उनले प्रचण्डलाई व्यङ्ग्य गर्नका लागि यो चित्र बनाएका भने होइनन् । प्रचण्डले देशलाई समाजवादी युगमा लाने हो भने कृषि क्षेत्रको विकास गर्नुपर्ने सन्देश दिनका लागि सो चित्र तयार पारिएको चित्रकार खनालले बताए । उनले चित्रको शीर्षक राखेका छन् ‘औद्योगिक
काठमाण्डाै - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन हिजोदेखि काठमाण्डौमा सुरु भएको छ । देशका ठूला तथा चर्चामा रहेका नेकपा एमाले, नेपाली कांग्रेस तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनपछि माओवादीको महाधिवेशन सुरु भएको हो ।
माओवादी पार्टीले राष्ट्रिय सम्मेलनको रुपमा २५ समूह बनाएर राजनीतिक प्रतिवेदन, साङ्गठानिक प्रतिवेदन तथा विधान प्रतिवेदनमाथि छलफल गर्ने भनेर प्रचार गरिरहँदा महाधिवेशन गर्ने निर्णय भएको हो ।
महाधिवेशनबाट पार्टीको आउँदाे योजना, रणनीति तथा कार्यदिशाका साथै नेतृत्व चयन समेत गर्ने ...
काठमाण्डाै - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ ।
बिहान ११ बजेदेखि सुरु हुने भनिए पनि डेढ घण्टा ढिलो गरी प्रज्ञा भवन कमलादीमा बन्द सत्र सुरु भएको हाे।
बन्द सत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने माओवादीले जनाएको छ । महाधिवेशन अघि सहभागी हुने प्रतिनिधिको स्वास्थ्य जाँच गरिएको थियाे ।
बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस हुनेछ ।
प्रचण्डको राजनीतिक प्रतिवेदन...
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र भोलि सुरु हुने भएको छ । माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन आइतबार काठमाडौँमा सम्पन्न भएको हो । उद्घाटन सत्र सकिएसँगै भोलिबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ । नेता जनार्दन शर्माका अनुसार भोलि बिहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ । देशभरबाट माओवादीका प्रतिनिधिहरू काठमाडौँ आइपुगेका छन्। १६ बढी प्रतिनिधिहरू बन्दसत्रमा सहभागी हुनेछन् । माओवादी यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ ।
माओवादी केन्द्रको आठौँ महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ। राजधानीको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा आज ३ बजे महाधिवेशन उद्घाटन हुँदैछ। यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै...
नेकपा (माओवादी केन्द्र)को आठौँ महाविधेशनको तयारी पूरा भएको छ । माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न १ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलनका उद्घाटन गर्ने कार्यक्रम रहेको छ । देशव्यापीरूपमा कार्यकर्तापङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको माओवादीले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा …