१६ पुस, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालका प्रमुख राजनीतिक दलहरूबीच छिमेकी मुलुक चीन र भारतसँगै अमेरिकाका विषयमा पक्ष र विपक्ष देखिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा पाण्डेले प्रमुख राजनीतिक दलहरूबीच देखिने यस्तो ध्रुविकरणले विपत्ति निम्त्याउने बताए । ‘वैदेशिक सम्बन्धमा विशेष गरी छिमेकिहरू र अमेरिकासँगको सम्बन्धमा प्रमुख पार्टीहरूमा रहेको मतभेद तथा पक्ष वा […]