दमौली खेलमैदान स्तरोन्नति गरिँदै

दमौली (तनहुँ) । ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न नसक्दा सेभेन ए साइड फुटबलमा सीमित हुँदै आएको तनहुँको दमौली खेलमैदान स्तरोन्नति हुने भएको छ । व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित खेलमैदानलाई व्यवस्थित बनाउन संघीय सरकारबाट रु दुई करोड बजेट विनियोजन भएपछि स्तरोन्नतिको प्रक्रिया अघि बढेको हो । खेलमैदानको स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ […]