शिखर इन्स्योरेन्सका सीईओ पाण्डेविरुद्धको रिट खारेज, बाँकी कार्यकाल पूरा गर्ने बाटो खुल्यो

शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीप प्रकाश पाण्डेको नियुक्ति गैरकानुनी रहेको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदन खारेज भएको छ। अधिवक्ता माधव गौतमले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासले रिट खारेज गर्ने फैसला सुनाएको हो। रिट खारेज भएसँगै पाण्डेको नियुक्ति कानुनी […]