सार्वजनिक यातायातको भाडा वृद्धि गर्ने निर्णय

सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडा वृद्धि गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिपछि नयाँ भाडादर लागू गर्ने तयारी गरेको जनाएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। यस्तै, मालवाहक सवारी साधनको भाडामा पनि उल्लेख्य […]