शिक्षक, विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै व्यवहारिक उत्प्रेरणा कार्यक्रमको आयोजना

केशव कोइराला, बर्दिया । बर्दियाको राजापुरमा शिक्षक, विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै व्यवहारिक उत्प्रेरणा कार्यक्रम आयोजना गरिएको छ। नकारात्मक ऊर्जालाई निस्तेज गर्दै सकारात्मक सोचको विकास गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो।कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले क्षेत्रको शैक्षिक विकासका लागि नगरपालिका सधैं प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि पालिकाभर यस्ता उत्प्रेरणामूलक कार्यक्रम […]