काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही चैत ११ गते हुने भएको छ। राष्ट्रपति कार्यालयले आज विज्ञप्ति प्रकाशित गरी केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेको जनाएको छ। ज्येष्ठ सदस्य केसीले राष्ट्रपतिबाट शपथ लिएपछि १२ गते नवनिर्वाचित सांसदहरूले केसीबाट शपथ लिनेछन्।