चिकित्सक संघको अध्यक्ष पदमा डा. विश्वराज दवाडीको उम्मेदवारी घोषणा

नेपाल चिकित्सक संघको आगामी कार्यसमितिका लागि डा. विश्वराज दवाडीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। सोमबार एक सार्वजनिक वक्तव्य जारी गर्दै उनले चिकित्सकहरूको सुरक्षा, स्वाभिमान र सेवाको गुणस्तरलाई आफ्नो अभियानको मूल नारा बनाउने घोषणा गरेका हुन्।