निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न आशयपत्र दिइने

सरकारले निजी कम्पनीलाई अन्तरदेशीय विद्युत् व्यापारको पूर्वतयारी गर्न आशयपत्र जारी गर्ने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार गरेको मन्त्रीस्तरीय निर्णयबाट निजी क्षेत्रले सम्भावित बजार खोज्न, व्यापारिक साझेदार पहिचान गर्न र खरिदबिक्री सम्झौताको तयारी अघि बढाउन सैद्धान्तिक सहमति पाउने भएको हो। आशयपत्र प्राप्त हुँदैमा भने विद्युत् आयात–निर्यात वा खरिदबिक्रीको कारोबार सुरु गर्न […]