काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी प्रतिनिधि सभा सदस्य रेखाकुमारी यादवले सुनसरीमा भएको घटनालाई लिएर सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै नैतिक जिम्मेवारी बहन गर्न आग्रह गरेकी छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा धारणा राख्दै सांसद यादवले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन्। उनले उक्त घटनाले मुलुकको सुरक्षा व्यवस्थापन, प्रशासनिक तयारी […]