बाढीपहिरोका कारण छ मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा छ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी–ढोरपाटन सडक, अरनिको राजमार्ग तथा कालीगण्डकी करिडोरमा पहिरो खस्दा यातायात पूर्ण रूपमा प्रभावित भएको हो। अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा पहिरो खसेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध […]