हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी

सिमकोट–  हिमाली जिल्ला हुम्लामा आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यहाँका मतदाता उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भइरहेका छन् ।  बिहान ७ः०० बजेदेखि अहिलेसम्म हुम्लाका ६३ वटा मतदान केन्द्रबाट चार हजार ५८० मत खसेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले जानकारी दिए । उनले अहिले जिल्लाभर मतदान जारी रहेको उल्लेख गर्दै शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको बताए।  […]