प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न संघीय राजधानीबाट गृहजिल्ला जाने यात्रुको चाप बुधबार उच्च देखिएको छ । रोजगारी, अध्ययन तथा अन्य कामका सिलसिलामा काठमाडौं उपत्यकामा बस्दै आएका मतदाताहरू मताधिकार प्रयोग गर्न गाउँ फर्किन थालेपछि बसपार्कहरूमा बिहानैदेखि भीड लागेको छ । विशेषगरी नयाँ बसपार्क (गोंगबु), कलंकी, कोटेश्वर र बल्खु क्षेत्रमा लामो दूरीका सवारी साधन चढ्ने यात्रुको […]